सर्लाही । सर्लाहीको मलंगवा ९ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद् गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हेक्वा गण सर्लाही र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले मलंगवा ९ स्थित नेपाल भारत सिमाक्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजा एक सय ६६ किलो बरामद् गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हेक्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।
गणपति भण्डारीका अनुसार नेपालबाट भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीको चेक पोस्टमा रहेका डिउटी टोलीलाई देखेपछि सीमा क्षेत्रमा लागूऔषध गाँजा छाडी तस्करहरु भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको प्रतिबन्धित लागूऔषध गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।






