सर्लाही । वैदेशिक रोजगारीमा पठाईदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर ठगी गरेको भन्दै हरिवनका युवा निरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी (रमेश) का जेठा छोरा निरोजलाई मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलिले पक्राउ गरेको हो ।
बुढाथेकीले सर्बिया पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग १२ लाख रूपैंया ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं सिनामंगलबाट पक्राउ परेका बुढाथोकीलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।






