काठमाडौं । प्रदेशस्तरमा मधेस प्रदेशबाट सबैभन्दा बढी भ्रष्टाचारको उजुरी परेका छन् । कुलमध्ये मधेस प्रदेशबाट २४ दशमलव २५ प्रतिशत उजुरी आएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
यो आर्थिक वर्षमा ५ हजार ५ सय ५ वटा उजुरी परेका छन् । दोस्रोमा बाग्मती प्रदेश रहेको छ । बाग्मती प्रदेशबाट २४ दशमलव १३ प्रतिशत उजुरी परेको छ । तेस्रोमा लुम्बिनी प्रदेश परेको छ ।
लुम्बिनी प्रदेशबाट १४ दशमलव ०१ प्रतिशत उजुरी परेको छ । चौथोमा कोशी प्रदेश परेको छ जसमा ११ दशमलव ६१ प्रतिशत उजुरी परेको छ । पाचौंमा सुदूरपश्चिम प्रदेश परेको छ जसमा १० दशमलव २० प्रतिशत उजुरी परेको छ ।
छैटौंमा कर्णाली पदेश परेको छ जसमा ८ दशमलव १८ प्रतिशत उजुरी परेको छ । सबैभन्दा कममा गण्डकी प्रदेश रहेको छ । गण्डकी प्रदेशमा ७ दशमलव १८ प्रतिशत उजुरी परेको छ । यो बर्षमा २४ हजार ३ सय ३१ वटा उजुरी परेको छ ।
विस्तृत अनुसन्धान पूरा भएपछि मात्रै विशेष अदालतमा मुद्दा दायर गरिने आयोग प्रवक्ता भण्डारीले जानकारी दिए । सर्वोच्च अदालतले ‘स्टिङ अप्रेसन’मा आयोग आफैंले पैसा दिएर पक्राउ गर्ने काममा रोक लगाएपछि यस पटक घुस-रिसवतमा अघिल्लो वर्षको तुलनामा कम मुद्दा दायर भएको छ ।






