रौतहट । रौतहटमा अबैध हतियार सहित दुई जना पक्राउ परेका छन् । हतियारसहित पक्राउ पर्नेमा सर्लाही मंलगवा नगरपालिका–७ बस्ने उमेश राय र मोहन राय रहेका छन् ।
रौतहटको मौलापुर नगरपालिका स्थित आइटी चौकबाट चेकजाँच गर्ने क्रममा विरगंज तर्फबाट आउँदै गरेको यु पी ५७ एफ ३२३८ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने गोलि समेत बरामद गरिएको छ । हतियारसहित पक्राउ परेका उनिहरुलाई अदालतबाट हात हतियार तथा खर खजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको छ ।






