सप्तरी । सप्तरीमा एक महिलालाई ५ जनाले जबरजस्ती करणी गरेका छन् । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका ५ मोहनपुर बस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्री नारायण सदा रहेका छन् । साथै घटनमा संलग्न हाल फरार अन्य २ जनाको खोजी भइरहेको छ ।
उनीहरू समेतका ५ जनाले सोही नगरपालिका ५ स्थित नर्सरीमा ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिए । आइतबार उजुरी परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।






