काठमाडौं । नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधि जितेको छ । शनिवार फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै सानदार जितको साथ च्याम्पियन बनेको छ ।
नेपालले घरेलु मैदान टियुमा ११ वर्षपछि उपाधि जितेको हो । जितको लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अल आउट भयो ।
नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेपालले यो टि-२० आई इतिहासमै बनाएको सर्वाधिक ठूलो योगफल हो ।
पछिल्लो समय टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेपछि पूर्व कप्तान पारस खड्काले मुख्य प्रशिक्षक डेभ वाट्मोर र कप्तान ज्ञानेन्द्र मल्लको खुलेर प्रशंसा गरेका छन् । उनले नेपालले खेल जिते पश्चात ट्वीट गर्दै प्रशंसा गरेका हुन् ।
Incredible LEADERSHIP on the part of Coach Dav Whatmore and Captain Gyanendra Malla,followed by breathtaking strokeplay,brave ownership,energetic environment within and amazing character shown by the team.Great Show.
Onwards and upwards only..
Jai Nepal …!! pic.twitter.com/7SrGHimWMk— Paras Khadka (@paras77) April 24, 2021






