रौतहट । रौतहटमा एक मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३, देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।
बिहिबार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
पुजारी साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्याएका थिए । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ । आक्रमण गर्नेहरुको खोजी कार्य भइरहेको छ।




