सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कौडेना गाउँपालिका ३ का चन्दन पासवानका ४ वर्षीय छोरा रितिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पोखरीको डिलमा खेल्ने क्रममा बालक अचानक पोखरीमा खसेका थिए । बालकलाई तत्काल उद्दार गरि स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।




