बारा । बारा प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको गस्ती टोलिले कलैया उपमहानगरपालिका १० मटिअर्वा बस्ने २५ वर्षीय रंजित प्रसाद चौरसियालाई नियन्त्रणमा लिएको हो ।
चौरसियाले अमलेखगंज तर्फ आउँदै गर्दा ना २५ प ५८१४ नम्बरको मोटरसाइकलको ट्याङ्किमा अन्दाजी ४ किलो लागुऔषध गाँजा लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
यस्तै प्रदेश ३-०२-००६ प २३९ नम्बरको मोटरसाइकलको टयाङ्कीमा अन्दाजी ४ किलो लागुऔषध गाँजा लुकाई छिपाई लैजाँदै गरेको जिल्ला बारा, जितपुर सिमारा उपहानगर पालिका ०३ छटिमाई बस्ने अन्दाजी वर्ष ३४ का मकसुधन राउत ८ किलो लागुऔषध गाँजा सहित पक्राउ परेका छन् ।






