डोटी । डोटीमा कृषिका एक कर्मचारीलाई स्पटीकरण दिन नोटिस जारी गरिएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस जारी भएको हो ।
पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ ।
भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन् । उनलाई असोज ६ गते पुर्वीचौकी गाउपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलका अनुसार भण्डारी कार्यक्रमको फेसबुक लाइभमा देखिएका थिए ।







