जनकपुर । जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
युवकको पहिचान खुल्न सकेको छैन । युवकको शरीरमा रगतको टाटा देखिएको धनुषा प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृतिले युवकको हत्या भएको प्रहरीको आशंका छ ।
घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित टोली ल्याइएको प्रहरीले जनाएको छ । यस्तै घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




