सर्लाही । सर्लाहीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको हरिवन नगरपालिका ३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका हुन् ।
घरेलु विवादको क्रममा ८१ वर्षिय ओमप्रसाद मैनालीलाई उनका छोरा ३५ वर्षीय गोकर्ण मैनालीले कोदालो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते भएका मैनालीको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा बिहिबार राति १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
बुवाको हत्यामा संलग्न भई फरार भएका गोकर्णलाई शुक्रबार बिहान हरिवन नगरपालिका ४, तीनघरे लच्का क्षेत्रमा हिडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




