रौतहट । सरकारी नम्बरको मोटरसाईकलसहित ३ जनालाई पक्राउ गरेको छ । असोज २९ गते दिउँसो रौतहटको गौर नगरपालिका वडा नं. १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडीबाट मोटरसाईकल चोरी भएको थियो ।
रौतहट गौर नगरपालिका वडा नं. १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडी फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना १ ब ३७९० नं. को निलो र कालो रंगको बजाज कम्पनीको १५० सि.सि. को पल्सर मोटरसाईकल पार्किङ्ग गरी राखेको अवस्थामा चोरी भएको थियो ।
उक्त मोटरसाईकल खोजतलस गर्ने क्रममा कार्तिक १४ गते रौतहट गौर न.पा. वडा नं. ५ स्थितमा ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई मोटरसाईकलको सम्बन्धमा सोधपुछ गर्दा फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नं. को सरकारी नम्बर परिवर्तन गरी BR30 Q4868 भारतिय नं. प्लेटको मोटरसाईकल बनाइ चलाएको पाइएको डिएसपी दामोदर केसीले जानकारी दिए ।




