बारा । बारा प्रहरीले सिम्रौनगढ नगरपालिका ११ भगवानपुर गाउँबाट २ वटा पेस्तोलसहित त्यसमा प्रयोग हुने गोलीसँगै ५ जनालाई बिहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपलाल पटेल, उनका छोरा उपेन्द्र, धिरेन्द्र पटेल, रौतहट बौधीमाई नगरपालिका २ घर भएका राजमंगल पटेल र शोभा राउत रहेका छन् ।
रूपलाल पटेलको घरमा खानतलासी गरी पेस्तोल र १० राउन्ड गोली बरामद गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए । उनका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।






