बर्दिया । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । गुलरिया नगरपालिका ५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया ६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको हो ।
गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गएराति दुई समूहबीच झगडा भएको थियो । झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






