रौतहट । रौतहटको सीमावर्ती भारतीय बजार बिहारको घोडासहनमा ट्रयाक्टरले किचेर नेपाली महिलाको मृत्यु भएको छ । स्थानीय पौराहा नगरपालिका ८ निवासी दिनानाथ पटेलको श्रीमती ५५ वर्षीय निसरिया देवि पटेलको मृत्यु भएको हो ।
छठ पर्वको लागि सामान खरिद गर्न श्रीमानसहित घोडासहन जाँदा बुधबार दिउँसो उक्त घटना भएको थियो । घटनाको भारतीय प्रहरीले अनुसन्धान तथा कार्वाही प्रकृया अगाडि बढाएको खबर आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




