काठमाडौं । पछिल्ला चार आर्थिक वर्षमा मात्र ८८ कर्मचारीहरुहरु अकुत आर्जनमा डामिएका छन् । हिसाब किताब र बाँडफाँड नमिल्दा हरेक वर्षजस्तो सयौं कर्मचारी अख्तियारको फन्दामा पर्न थालेका छन् । फन्दामा परेकाहरुसँग झण्डै ११ अर्ब अकुत सम्पत्ति रहेको सरकारी प्रतिवेदन सुक्ष्म अध्ययन गर्दा देखिन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ३०, ३१, ३२ र ३३ औं प्रतिवेदनलाई सुक्ष्म रुपमा केलाउँदा ८८ जना कर्मचारीहरुविरुद्ध अकुत आर्जनमा मुद्धा चलाएको देखिएको छ । ती कर्मचारीहरुले झण्डै ११ अर्ब रकमको स्रोत देखाउन सकेका छैनन् ।
प्रतिवेदन अनुसार गैरकानुनी सम्पत्ति आर्जनका विभिन्न मुद्धा केलाउँदा ८८ कर्मचारी फन्दामा परेका छन् । जसको एक तिहाई महिला कर्मचारी रहेका छन् । अख्तियारले अकुत आर्जनमा आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा ५३ जना कर्मचारीलाई अकुतमा मुद्धा चलाएको थियो । त्यस यता अकुत आर्जनमा ८८ जना कर्मचारी डामिएका हुन् ।
ती कर्मचारीले गैरकानुनी तवरले ११ अर्बभन्दा बढी रकम आर्जन गरेको भन्दै उनीहरुविरुद्ध विशेषमा मुद्धा चलाएको छ । गैरकानूनी सम्पत्ति आर्जन गर्ने अधिकांश कर्मचारीले आर्जित रकम श्रीमती, सालासाली, जेठान लगायतका आफन्तका नाममा राखेको भेटिएको छ । अख्तियारले उनीहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ ।




