बारा । “घुमुवा प्रहरी हुँ” भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा आदर्श कोतवाल गाउँपालिका ८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरी पक्राउ परेका हुन् ।
कोईरीले ५र६ महिनादेखि आफूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै वीरगञ्ज महानगरपालिका २३ हरपतगञ्जका व्यापारीहरूसँग रकम उठाउँदै आएका थिए ।
प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरलिका २३ सुगौली विर्ताबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




