वीरगञ्ज । पर्सामा बसले किच्दा एक युवकको मृत्यु भएको छ । पर्सा जिल्लाको वीरगञ्ज १७, अलौमा ना ८ ख ४८६१ नम्बरको बसले किच्दा सर्लाहीको रामनगर गाउँपालिका ६ सिसवाका ३५ वर्षीय अभय झाको मृत्यु भएको हो ।
वीरगञ्जबाट पोखरियातर्फ गइरहेको बा ७४ प ४५२८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ३५ प ६४०० नम्बरको मोटरसाइकल तिलावे पुल नजिक एकआपसमा ठोक्किँदा बा ७४ प ४५२८ नम्बरको मोटरसाइकलमा सवार झालाई बसले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात बस र चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




