रौतहट । सालको गोलियासहित रौतहटमा विभिन्न समयमा एक दर्जन बढी व्यक्ति पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटले शनिबार सयौँ क्यूफिट सालको काठसहित केहि व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
काठ चोरी गर्नेहरुले साइकल, टेक्टर, इरिक्सा प्रयोग गरेर काठ तस्कर गर्ने गरेको पाइएको छ । दुई वटा साईकल जोडेर ठूलठूला गोलीया तस्करी हुने गरेको पाइएको हो ।
राष्ट्रिय वनमा तस्कर प्रवेश गरेको सूचनाका आधारमा गएको बनगस्ती टोलीले साइकलसहित काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
दुई दिनअघि पनि सशस्त्र वन सुरक्षा गस्ती टोलीले रौतहटको बलेरी जंगलबाट दुई वटा साइकल जोडेर लोड गरिएका सालको गोलिया र साइकल बरामद गरेको थियो ।




