सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा यातायात व्यवसायी र युवाहरुबीच झडप भएको छ । झडप हुँदा दुई जना घाइते भएका छन् । बिहिबार अपराह्न ४ बजे वीरेन्द्रनगर नगरपालिकाको रंगशाला नजिकै यातायात व्यवसायी र दुई युवाहरुबीच झगडा भएको हो ।
उक्त झपडमा दुई जना युवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते हुनेहरुमा जाजरकोटको कुशे गाउँपालिका ८ बस्ने १८ वर्षीय आनन्द सिंह र सोही ठाउँका १८ वर्षीय नवीन शाही रहेका छन् ।
युवाहरुले मापसे गरेको प्रहरीले जनाएको छ । झगडा किन भएको हो भन्ने बारे नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते युवालाई मापसे जाँच र उपचारका लागि अस्पताल लगिएको छ ।




