काठमाडौं । माओवादी नेता भूमिनन्द देवकोटा नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीका अनुसार देवकोटा एक साता अघि पेप्सिकोलास्थित उनकै निवासबाट पक्राउ परेका थिए ।
प्रहरीका अनुसार सानैदेखि आफ्नै घरमा लालनपालन गर्दै विगत दुई महिना यता बलात्कार गर्दै आएको पीडितको दाबी छ । पीडित बालिका १७ वर्षकी छन् । गत साता पक्राउ परेका देवकोटाको अनुसन्धान भइरहेको र केही दिनमा नै मुद्दा दर्ता गरिने एसएसपी खत्रीले बताए ।




