धनुषा । रामजानकी विवाहपञ्चमी महोत्सवको मौका छोपेर पाकेट मार्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भिडभाडमा पाकेट मार्ने तथा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
भिडभाडको मौकाछोपी श्रद्धालु भक्तजनको पाकेट मार्ने तथा दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । विगतका वर्षमा विवाहपंञ्चमी महोत्सवमा भएको आपराधिक गतिविधि दोहोरिन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
आइतबार रातिसम्म पक्राउ परेका उनीहरुलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा गरी राखिएको छ । पक्राउ परेकाहरू माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




