रौतहट । मौलापुर नगरपालिकाले “फ्री विजुली, फ्री पानी” कार्यक्रम अन्तर्गत नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण विधुत महशुलको रकम विद्युत प्राधिकरणलाई बुझाएको छ ।
मेयर रिना कुमारी साहले यस आर्थिक वर्षको अहिलेसम्मको महशुल २ करोड ६६ लाखको चेक विद्युत प्राधिकरणको मौलापुर शाखा प्रमुख दिनेश यादवलाई बुझाएकी हुन् ।
मेयर रिना कुमारी साहको पहलमा करिव चार वर्ष अघि देखि शुरू भएको कार्यक्रमले आम जनताले ठूलो राहत पाएको बताइएको छ ।




