सुनसरी । सुनसरीमा आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका ८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




