बारा । बारा जितपुर सिमरा उपमहानगरपालिका ७ टेढारोडबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ बस्तीपुर बस्ने २७ वर्षीय पवन गिरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै प्रहरी टोलीलाई देख्नासाथ १ जना व्यक्तिले झोला छाडी फरार भएपश्चात उक्त झोला जाँच गर्ने क्रममा अवैध लागूऔषध गाँजा करिब ५ किलो फेला पारी प्रहरीले बरामद गरेको छ ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।






