काठमाडौं । देशभर हाल १ हजार ६ सय ५९ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । १ हजार २ सय ५९ आइसीयू र ४०० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा १७४ आइसीयू र ५२ भेन्टिलेटरमा, प्रदेश २ मा २०७ आइसीयू र ५७ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ५२९ आइसीयू र २२३ जना भेन्टिलेटरमा रहेका छन् ।
गण्डकी प्रदेशमा ११६ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ११३ जना आइसीयू र १८ जना भेन्टिलेटरमा, कर्णालीमा ८१ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३९ जना आइसीयू र ९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३७६ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन् । १ हजार ६ सय ३६ जना आइसोलेसनमा छन् ।






