रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका ४ छतौना गाँउमा कृषि प्रयोजनको लागी जडान गरिएको विद्युत ट्रान्सफर्मर बिहिबार राति चोरी भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ पचरुखी छतौना गाउँदेखि २ किलोमिटर पश्चिममा कृषि प्रयोजनका लागि जडान गरिएका विद्युतको ट्रान्सफर्मर चोरी भएको हो ।
चोरी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएका प्रहरी टोलीले अनुसन्धान गरेको छ ।
विद्युत लाइन काटी ट्रान्सफर्मर भित्रको सामानहरु निकालेको र अन्य सामानहरु सोही स्थानमा फालिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । ट्रान्सफर्मर चोरी गर्ने समुहको खोजी भइरहेको छ ।




