बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बिहिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट १ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट ३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका ५ का सह-चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।




