बारा । बारा जिल्लामा बाघको आक्रमणबाट दुई जना युवक घाइते भएका छन् । पथलैयाबाट रौतहटतर्फ जाँदै गरेका दुई युवकलाई आक्रमण गर्दा उनीहरु घाइते भएका हुन् ।
रौतहट जिल्ला बौधीमाई नपा–३ निवासी ३० वर्षीय कृष्ण साह र ३५ वर्षीय राजु साहलाई बाघले आक्रमण गर्दा घाइते भएका र उनीहरूको निजगढस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूलाई जीतपुरसिमरा उपमहानगरपालिका–१६ भद्रकालीस्थित पूर्वपश्चिम लोकमार्गको जंगलमा बुधबार साँझ ५ बजे बाघले आक्रमण गरेको थियो ।
ना ३६ प ५०११ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा बाघले आक्रमण गर्दा पछाडि बसेका राजु साहको टाउको र दुवै हातमा चोट लागेको छ भने चालक कृष्ण साहको खुट्टामा चोट लागेको छ ।




