सप्तरी । भवन निर्माणको सिफारिस दिन सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको रकमसहित पक्राउ परेका वडाध्यक्ष जेल चलान भएका छन् ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ५ का वडाध्यक्ष सबदुल मियाँलाई विशेष अदालतले दोषी ठहर गर्दै ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
वडाध्यक्ष मियाँ गत असारमा पक्राउ परेका थिए । अदालतको सोही इजलासले चन्द्रागिरि नगरपालिकाकी असिस्टेन्ट सब इन्जिनियर विजयालक्ष्मी पन्तलाई १५ दिन कैद सजाय सुनाएको छ ।
सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएपछि पक्राउ परेकी उनलाई दोषी ठहर गर्दै १५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो ।




