धनगढी । धनगढी उपमहानगरपालिका ६ को जाली सडक निर्माणमा झारो टार्ने काम भएको स्थानियले आरोप लगाएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा नयाँ खोलेको सडक निर्माणमा लापरवाही भएको स्थानियले गुनासो गरेका हुन् ।

स्थानियले सडक निर्माणका लागी ग्राभेल र माटो बराबर मिसाइको भन्दै गुनासो व्यक्त गरेका छन् । स्थानियले मापदण्ड नअपनाइएकाले गुणस्तरीय सडक नबन्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । स्थानिय गर्मीमा धुलोमाटो हुने र वर्षातमा हिलोमाटो हुने समस्या रहेको बताउँछन् ।

सुरुमा काममा ढिलासुस्ती गरिएको र अहिले आएर लापरवाही भएको स्थानिय योगेन्द्र नायकले बताएका छन् । उनी भन्छन्- “विकास पनि के खालको विकास गर्छौ ए माहशय ? कुखुरालाई कनिका छरेजस्तो ग्राबेल छरेर पनि हुन्छ ? धनगढी–६ मा समृद्धिका लागि बनाईएको सडक रे ! सुख भन्दा धेरै दुःख दिने सडक… हेल्लो वडाध्यक्ष ज्यु, नगरप्रमुख ज्यु, अलिअलि ध्यान यता पनि दिने कि ?”




