सर्लाही । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा र कुमार रेग्मीको इजलासले मंगलबार सिंहलाई भ्रष्टाचारी ठहर गरेको हो ।
सिंहमाथि मन्समरा सिंचाई आयोजनामा उपभोक्ता समितिको अध्यक्ष हुँदा भ्रष्टाचार गरेको आरोप थियो । सभापति सिंह सिंह नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा निकट थिए ।
सिंहले सर्लाहीमा प्रशासनलाई मिलाएर सिंसम काटेर भारत तस्करी गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषमा मुद्दा दायर हुनुभन्दा पहिला उनी ६ महिना अख्तियारको हिरासतमा बसेका थिए ।
विशेष अदालतले समेत उनलाई साढे ३ वर्ष जेल र साढे ३ करोड जरिवाना तोकेको थियो । सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गरेको हो । सभापति सिंह र अख्तियार दुवै सर्वोच्च पुगेपछि यो मुद्दा १० वर्षदेखि अड्किएको थियो ।




