काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौं महानगर प्रहरीबीच बुधबार साँझ झडप भएको छ । झडपमा ५ नगरप्रहरी र ६ व्यवसायी गरी ११ जना घाइते भएका छन् । फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।
महानगर प्रहरीले धरहरा अगाडि राति ९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेको तर फुटपाथ व्यवसायीले साँझ ७ बजे नै पसल राख्न सुरु गरेकाले हटाउन खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएको दाबी गरेको छ ।
नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वको प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ । विज्ञप्ति जारी गर्दै संघले डीएसपी लामिछाने नेतृत्वको प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको हो ।
विज्ञप्ति जारी गर्दै संघले भनेको छ, ‘काठमाडौं महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले आज ९बुधबार० साँझ सवा ८ बजेको समयमा काठमाडौंको सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामानसमेत लुटपाट गरेर मजदुरहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’




