बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा हिजो शुक्रबार कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको छ । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कविता कुमारी सुर्यवंसी बीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो ।
कुटाकुटपछि दुबैलाई चोट लागेको छ । कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा लफडा भएको बुझिएको छ । यस विषयमा नगरपालिकाले भने छानविन गर्ने जनाएको छ ।




