काठमाडौं । सहकर्मी कर्मचारीलाई सिधै शारिरीक सम्पर्क राख्ने प्रस्ताव गरेको एउटा घटना खुलेको छ । सिनियर कर्मचारीले आफ्ना सहकर्मी कर्मचारीलाई आपत्तिजनक म्यासेज पठाएको खबर अहिले मिनभवनतिर ‘भुसको आगो’झैं फैलिएको छ ।
हाकिमले आफ्नो सहकर्मी कर्मचारीलाई सिधै शारिरीक सम्पर्क राख्ने प्रस्तावसहितको म्यासेज पठाएपछि उक्त कार्यालयमा खैलाबैला मात्र मच्चिएको छैन कि ती हाकिमका छेउमा अन्य सहकर्मी महिलाहरु जानै समेत हिचकिचाउनु पर्ने अवस्था आएको छ ।
यस्तै ती पीडित कर्मचारी आफैं थप पीडामा पर्न चाहिनन् । उनले आफ्ना हाकिमलाई खुइल्याउनतिर लागिनन् । ती हाकिमले आफ्ना मोवाइलमा पठाएका त्यस्ता अनिगिन्ति म्यासेजहरु प्रमाणका रुपमा सुरक्षित हुँदा हुँदै पनि मुद्दा मामिला नगरि सरुवा लिएकी छन् ।
मुद्धा मामिला गरेको खण्डमा उनको जागिरै जान सक्थ्यो तर उनले त्यस्ता हर्कतविरुद्ध लड्ने साहस गरिनन् । उनले थप पीडित हुनुपर्ला भन्ने डरले र आफ्नो भविष्य हेरेर बाटो लागेपछि तत्कालका लागि केश सामसुम भएको छ । तर, केश सामसुम भएपनि ती हाकिमका बारेमा कुराकानी चलिरहेको छ ।
ती हाकिमले भने, आफूले बेहोसीमा पठाएको म्यासेज भनेर उम्कन खोजिरहेका छन् । तर पीडित भनिएकी महिला कर्मचारी मुद्दा मामिला, मिडियाबाजीतिर लाग्दा र यो विषय चर्काउँदा आफ्नो करियर चौपट्ट हुने देखेर यथेष्ट प्रमाण हुँदा हुँदै पनि मनभरि पीडा बोकेर सरुवा मिलाएर अन्यन्त्रै हिडिसकेकी छिन् ।




