वीरगंज । पर्सामा छोराको हत्या गरेको आशंकामा आमाबुबा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेको थियो ।
गोप्य सूचनाका आधारमा वीरगंज महानगरपालिका १२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि शम्भु र श्रीमती सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ । बालकको मृत्यु बारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकाले हो । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ ।




