रौतहट । फतुवा विजयपुर नगरपालिकामा तलबको माग गर्दै धर्नामा बसेका शिक्षकले वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छन् । शिक्षक शिक्षिकाहरूको निर्णयले नगर क्षेत्रका करिव ६ हजार विद्यार्थीको भविष्य अन्यौलमा परेका छ ।
नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो ।
पटक पटक आश्वासन मात्र पाउने तर तलबकै लागि सधैँ आन्दोलन गर्नुपर्ने भएकाले अब निर्णायक आन्दोलन हुने शिक्षा संयोजक यादवले अब उधारोमा सहमती नहुने बताए ।
नगर शिक्षा सयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो ।
जबसम्म सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब जादैन तबसम्म परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको सयोजक यादवले जानकारी दिए ।नगरपालिकामा ३२ वटा विद्यालय रहेका छन् ।
यसैबीच फतुवा विजयपुरका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले एक साता भित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलव निकासा हुने बताएका छन् ।




