सर्लाही । सर्लाहीको बसबरियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर पल्टिँदा चालक १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो । खेत जोतेर फर्किदै गर्दा कोठिहारस्थित नहरमा हिजो साँझ ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ ।
ट्याक्टर धनी ५० वर्षीय सञ्जीवकुमार यादव ट्याक्टरमै थिए । उनी भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर धनी यादव फरार छन् ।




