सिरहा । लहान नगरपालिका १ गोलचक्करस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँसहित लक्ष्मिपुर पतारी गाउँपालिका ६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साहलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्र ०१२-०१-००२ प ३९६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
उनलाई पक्राउ पश्चात थप अनुसन्धान तथा कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी पठाइएको प्रहरीले जनाएको छ ।




