धनगढी । कैलालीमा सेनाको गाडी र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको छ । शुक्रबार साँझ गोदावरी नगरपालिका २ को राष्ट्रिय वाणिज्य बैंक नजिकै गोदावरीतर्फ जाँदै गरेको बा ६८ प ५९८४ नम्बरको मोटरसाइकल र तेघरी ब्यारेकको बा ९ च ५७३६ नम्बरको गाडी ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका ९ बस्ने २० वर्षीय नवीन चौधरी र पछाडि सवार जानकी गाउँपालिका ४ बस्ने २४ वर्षीय कृष्ण डगौरा घाइते भएका छन् । उनीहरूको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।




