वीरगञ्ज । सभ्य र मर्यादित रुपमा होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गर्दै होली पर्वको शुभकामना दिँदै पर्वले आपसी सद्भाव तथा आत्मीयता वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले होली मनाउने क्रममा सामाजिक, सांस्कृतिक मूल्य–मान्यता विपरीतका क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।
साथै, होलीमा जथाभावी लोला हान्ने, फोहोर पानी छ्याप्ने, अपरिचित व्यक्तिलाई र कसैको इच्छा विपरीत रंग दल्ने, अरुलाई असर गर्ने गरी सार्वजनिक स्थानमा चर्को स्वरमा डिजे वा माइक बजाउने, मादक पदार्थ तथा लागुपदार्थ सेवन गर्ने, अश्लील गीत गाउने वा बजाउने जस्ता अमर्यादित क्रियाकलाप नगर्न पनि अनुरोध गरेको छ ।





