रौतहट । आजदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को व्यवस्थापनमा रौतहटमा चरम लापरवाही देखिएको छ । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवास्थित नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रको केन्द्राध्यक्षमा करारका शिक्षकलाई तोकेपछि विवादको स्थिति सृजना भएको हो ।
एसईई परीक्षा समिति रौतहटले सो विद्यालयमा स्थायी दरबन्दीका माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक जितेन्द्र प्रसाद यादव, माध्यमिक तह तृतीय श्रेणीका शिक्षक श्रेणी राम श्रेष्ठ यादव तथा दर्जनौं स्थायी शिक्षक हुँदा हुँदै करार शिक्षक रविशंकर प्रसाद यादवलाई केन्द्राध्यक्ष तोकेको हो ।




