काठमाडौं । न्यूजिल्याण्डमा एक जना नेपाली युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ । गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गएको एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए ।
उनको शव अहिले अस्पातलमा रहेको र नेपाल पठाउने बारे आवश्यक प्रकृयामा रहेको पाण्डेको भनाइ छ । एनआरएनए न्यूजिल्याण्डले उनको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने जनाएको छ । त्यसका लागि रकम अभाव भएकोले सहयोगको अपिल समेत गरेको छ । नेपालमै सर्विरयाका श्रीमती र एक छोरा र एक छोरी रहेका छन् ।




