बारा । बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरस्थित ई-रिक्शाको ठक्कर बाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पर्साको सखुवाप्रसौनी गापा–५ बलुवा घर भई हाल वीरगंज १८ सुखचैनामा डेरा गरी बस्ने ३२ वर्षीय सोनालाल रामको मृत्यु भएको हो ।
ई-रिक्शाको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा शुक्रबार पौने २ बजे मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका रामको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।
डकर्मीको काम गर्ने राम साइकल मर्मत गराएर चैनपुरचोकबाट सुखचैना फर्किन लाग्दा वीरगंज–पथलैया सडकखण्डको प्रदीप पोलिथिन नजीक बाटो पार गरिरहेका थिए । सोही क्रममा दुर्घटनामा परेका थिए ।
मधेस प्रदेश ०३–००१ ह १८१९ नम्बरको परवानीपुरतर्फ गइरहेको ईरिक्शाले साइकलयात्रीलाई ठक्कर दिएको थियो । त्यसपछि वीरगंज २१ ताजपुर बस्ने ईरिक्शा चालक कृष्णकुमार महतोले आफ्नै ईरिक्शामा रामलाई राखेर वयोधा अस्पताल पु¥याएर फरार भएका थिए ।
सो घटनामा अस्थायी प्रहरी पोस्ट गण्डकका सुरक्षाकर्मीहरूले चालकलाई भगाएको आरोप समेत लागेको छ । रामको मृत्यु भएपछि चालकको तर्फबाट कोही पनि व्यक्ति मृतकको परिवारलाई क्षतिपूर्ति दिन र हालखबर नबुझ्न आएको भन्दै पीडित पक्षले शव बुझ्न मानेका छैनन् ।
जबसम्म क्षेतिपूर्तिको निचोड निस्किंदैन, तबसम्म शव नबुझ्ने सुखचैनाका दलित अगुवा प्रह्लाद रामले बताए । फरार चालकलाई नियन्त्रणमा लिने र क्षतिपूर्तिको लागि पर्सा र बाराका प्रहरी युनिटले आवश्यक कारवाही अगाडि बढाएको छ ।
इप्रका श्रीपुरले घटनास्थल बारा भएकोले इप्रका नौतन, गण्डकको जिम्मामा ईरिक्शा बुझाएको र त्यहाँको प्रहरीले चालकको घर परिवारका सदस्यलाई नियन्त्रणमा लिएर पीडितलाई न्याय दिने बताए ।




