रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान एक घरमा आगलागी भएको छ । स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएको छ ।
खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् । आगलागीबाट अन्नपात, गरगहना र लत्ताकपडा पूर्ण रूपमा जली नष्ट भएको छ ।
स्थानीय र प्रहरी चौकी औरैयाको टोली मिलेर गौरबाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






