काठमाडौं । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुँदा ७ नेपाली मजदुरको मृत्यु भएको छ । भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् ।
दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ । गाडीमा सवार २ नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् । प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ ।
गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ । उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ । न्यूज कारखाना




