रौतहट । रौतहटको मौलापुर नगरपालिका २ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराति भएको आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ । आगलागीबाट ब्रम्हदेव महरा चमार, जगदेव महरा चमार, रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको हो ।
घर गोठभित्र रहेका गैस सिलिन्डर, खदान्न समाग्री, लत्ता कपडा पुर्ण रूपमा जलेर नष्ट हुनुका साथै ४ वटा बाख्राको मूल्य भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले बताए । आगलागीबाट ५ लाख ४५ हजार रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् ।
आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गर्मीसँगै हावाहुरी चल्न सुरु भएपछि रौतहटमा दैनिक जसो आगलागीको घटना भइरहेको छ ।
जिल्लाको १८ स्थानिय तह मध्ये गौर नगरपालिका र चन्द्रपुर नगरपालिकामा मात्र बारुण यन्त्र दमकल रहेकाले आगलागीको घटना हुँदा तुरुन्तै नियन्त्रणमा समस्या हुने गरेको जानकारहरु बताउँछन् । न्युज कारखाना






