रौतहट । काठमाडौंमा जारी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा रौतहटका २ जना कराते खेलाडीले १ रजत र १ कास्य पदक हात पारेका छन् ।
रौतहटको चन्द्रनिगाहपुरकी शोमिया तामाङले ४२ केजी तौल समुहमा रजत र ५५ केजी तौल समुहमा रचना पाण्डेले कास्य पदक हात पार्न सफल भएका हुन् ।
रौतहट जिल्लाबाट मधेश प्रदेशको प्रतिनिधित्व गर्दे तीन जना कराते खेलाडी र एक जना ज्यावलिगं थ्रोका खेलाडीले सहभागिता जनाएकोमा करातेका तामाङ र पाण्डेले रजत र कास्य हात पारेका हुन् ।
यस्तै मधेश प्रदेशका लागि करातेमा आयसा मुर्वाछानेले कास्य पदक हात पार्न सफल भएको नेपाल कराते महासघ मधेश प्रदेशका सचिव कसम लामाले जानकारी दिए ।
रौतहट जिल्लाबाट मधेश प्रदेशको प्रतिनिधित्व गरेकी कराते खेलाडी गरिमा राई भने पहिलो खेलमै हारेर पदक बिहिन भएको नेपाल कराते महासंघ रौतहटका सचिव अमित भोलनले जानकारी दिए ।




