सर्लाही । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले अवैध लागूऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । चामलको बोराभित्र लुकाएको अवस्थामा एम्पुल र नाईट्रोभेट ट्याब्लेटसहित दुई जनालाई ब्यूरोले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका ११ वनौली बस्ने राम लोचन मुखिया र सर्लाहीको बरहथवा नगरपालिका ११ घर भई हाल बसुन्धारा बस्ने कमल अधिकारी रहेका छन् ।
उनीहरुको साथबाट नियन्त्रित लागूऔषध एम्पुल २४७८ र नाईट्रोभेट ट्याब्लेट ३३०८ पीस बरामद गरिएको छ ।






